वीरगंज, बैशाख ६
वीरगंज जेसीजको साताव्यापी कार्यक्रम अन्र्तगत आज छैठो दिन नारायणी उपक्षेत्रिय अस्पतालमा स्वास्थ समाग्री तथा जन्मदर्ता प्रमाणपत्र बितरण गरिएको छ । वीरगंज जेसीजका अध्यक्ष दिलिप ढुङ्गेलले नारायणी उपक्षेत्रिय अस्पताल बिकास समितीका अध्यक्ष बिनोद गुप्तालाइ थर्मोमिटर,प्लस मिटर,नेमुलाइजर र पाँच हजार थान जन्मदर्ता प्रमाणपत्र हस्तान्तरण गर्नुभएका थियो । कार्यक्रममा प्रमुख अतिथी पुर्व अध्यक्ष उषा साह, अतिथीहरु पुर्व अध्यक्षहरु मधु राणा,निसान्त कुमार लामिछाने ,संतोष खनाल उपाध्यक्ष अमृत गौरो, जेसी शेखर चौधरी,रबिशंकर सर्राफ,प्रेमचन्द्र सर्राफ, रन्जन राउत लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण महासचिव टंकराज ढकालले गर्नुभएको थियो ।