वीरगंज,बैशाख ३
वीरगंज जेसीजले आफ्नो सप्ताहव्यापी कार्याक्रम जेसीज विक अर्न्तर्गत आज तेस्रो दिन लागु औषध नियन्त्रण तथा सम्बन्धित निकायको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शाखाका अध्यक्ष जेसी दिलिप ढुङगेलको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल जेसीजका र्पूव राष्ट्रिय अध्यक्ष डा. दिपक शाक्यले लागु औषध नियन्त्रणमा पारिवारिक सदस्य एवं अभिभावकहरुको मुख्य भुमिका रहेको बताउनुभयो साथै महानगरपालिकाले पनि छुट्टै पुनर्स्थापना केन्द्र संचालन गरि लागु औषध र्दुर्व्यसनी नियन्त्रण हुन सक्ने धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा महानगरपालिकाका स्वास्थ्य संयोजक नागेन्द्र चौधरीले लागु औषध नियन्त्रण सम्बन्धि आवश्यक कार्यक्रमहरु आयोजना गर्न महानगरपालिकाले विशेष बजेट विनियोजन गर्ने आश्वाशन दिनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मान बहादुर र्राईले पनि जिल्लामा छिट्टै लागु औषध नियन्त्रण सम्बन्धि जनचेतनामुलक कार्यक्रमको आयोजना गर्ने र यससँग सम्बन्धित विभिन्न संघसंथाहरुसँग सहकार्य गर्ने बताउनु भयो । उक्त जनचेतनामुलक कार्यक्रम अबको दोस्रो हप्ता भित्र जिल्लाका विभिन्न क्षेत्रमा संचालन हुने जानकारी दिनुभयो । कार्यक्रममा आस्था नेपालका अध्यक्ष अजित र्राई, वीरगंज महानगरपालिकाका स्वास्थ्य संयोजक नागेन्द्र चौधरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मान बहादुर र्राई लगायतकाले आ आफनो धारणा राख्नुभएको थियो । कार्यक्रमको संयोजन जेसी रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम शाखाका महासचिव जेसी टंकराज ढकालले संचालन गर्नुभएको थियो ।