जुम्ला, ३२ साउन । स्वायत्त कर्णाली प्रदेशको माग गर्दै विगत सातदिन देखि चलेको जुम्ला आन्दोलन नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले अजा विहानै देखि कर्फ्यू लगाएको छ । अर्काे सु्चना जारि नभएसम्म भन्दै स्थानीय प्रशासनले अनिश्चिकालिन कर्फ्यू जारि गरेको छ ।

स्वायत्त कर्णाली प्रदेशको माग गर्दै चलेको आन्दोलनले आइतबार जिल्ला प्रशासन कार्यालय कब्जामा लिएको थियो । कब्जामा लिएको जिल्ला प्रशासन कार्यालय मुक्त गराउन प्रहरीले गोली चलाएको थियो । गोली लागि पाँच आन्दोलनकारी घाइते भएका छन् । जुम्ला आन्दोलक हिंसात्मक हुन सक्ने आशंकामा स्थानीय प्रशासनका अनुसार बिहान ८ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू जारी गरेको छ । प्रदर्शनकारीले आइतबार जिल्लाका सबै सरकारी कार्यालयका साइन बोर्ड हटाएका छन्। जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा रहेका बोर्ड हटाउन खोजेपछि प्रहरीसँग झडप सुरू भएको थियो।

दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गर्दासमेत प्रदर्शन नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको जनाएको छ । यता लिपुलेक सम्झौता खारेजको माग गर्दै बैद्य नेतृत्वको माओवादीले गरेको बन्दको दोस्रो दिन पनि देशभरको जनजिवन प्रभावित भएको छ । सोमबार विहानै काठमाडौंको कालिमाटीमा भारतीय नम्बर प्लेटको गाडी जलाइएको छ भने राजधानीमा हल्का सवारी साधन मात्र चलेका छन् । बन्दले देशभरको जनजिवन प्रभावित भएको छ ।