वीरगंज,२५ चैत्र।  जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साले विश्व स्वास्थ्य दिवस मनाएको छ ।  नारायणी उपक्षेत्रीय अस्पताल सभाकक्षमा आयोजित कार्यक्रममा नाउक्षे अस्पतालका डा. नीरज सिंहले भारत र चीनमा बढी मधुमेहका रोगीहरु रहेको जानकरी गराउनु भायो । उनले हालको तथ्याड्ढ अनुसार दुई देशमा मधुमेहका रोगीहरुको सङ्ख्या बढ्दो छ । डा. सिंहले विश्वमा दुर्घटनाबाट हुने दुघटनाको क्षतिभन्दा बढी मधुमेह रोगबाट मानिसहरुको पििडत छ्न । उनले मधुमेहबाट जोगिन मानिसले खानपिनमा ध्यान दिनुपर्ने, दिनहु“ हिंड्नुपर्ने र मधुमेहका  व्यक्तिहरुले चिकित्सकको सल्लाह लिएर सोही अनुसार गर्नुपर्ने सुझाएका थिए । कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घ, पर्साका अध्यक्ष पशुपति विक्रम शाहले मधुमेह रोगबाट खासगरी ज्येष्ठ नागरिकहरु पीडित भएको हुनाले उनीहरुको उपचारको लागि स्थानीय तहमा जनस्वास्थ्य, अस्पताल र केन्द्रस्तरमा सरोकारवालाहरुले निश्शुल्क परीक्ष्ँणको व्यवस्था गर्नुपर्ने माग गरेका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका प्रमुख राजकिशोर पडितको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घका सचिव एवं प्रतीक दैनिकका प्रधानसम्पादक जगदीश शर्मा, पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जारालगायतको सहभागिता थियो ।