वीरगंज, २४ जेठ÷इलाका प्रहरी कार्यालय पोखरियाले एक लाख ३१ हजार नेपाली जाली नोटसहित श्री संसारीमाई निमावि, पर्साका प्रधानाध्यापक रामानन्द राउत कुर्मीलाई पक्राउ गरेको छ ।

आज बिहान ६ बजे पोखरिया नपा १४ रानीगंज निवासी प्रअ कुर्मी मोटरसाइकलबाट स्कूलतर्फ़ जादै  गर्दा सूचनाको आधारमा पक्राउ गरेको र निजले चढेको ना.४ प ९७९५ नं.कोमोटरसाइकलको सिटमुनिबाट सो जाली नोट बरामद भएको प्रहरी निरीक्षक निशान्त थापाले बताए । उनले पक्राउ परेका कुर्मीबाट ५ सय दरका २६२ थान नोट बरामद भएको बताए ।