वीरगंज, २८ भदौ । सद्भावना पार्टीले वीरगन्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले परिर्वतनको एजेन्डा, विगतमा भएको सम्झौता, आदिवासी, जनजाति, मधेशी र मुस्लिमसंग भएको सम्झौतालाई थाती राखेर खसवादीले ल्याउन लागेको संविधान आफुहरुलाइ मान्य नहुने बताउनु भयो । जबरजस्ती ल्याउन लागिएको संविधान नेपालको दुई तिहाई जनताले अस्वीकार गर्ने उनले दावी गरे।
 सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मोर्चाको नयाँ स्वरुपसंगै  संघर्ष र लडाईँको स्वरुप कठोर हुने बताएका छन्। अध्यक्ष महतोले जारी हुने संविधानको परिर्वतन र संशोधनको लागि हदैसम्मको बल लगाउन नयाँ मोर्चा गठन गरी सघर्षको कार्यक्रम ल्याउने बताउनु भयो ।  उनले मधेस विरोधी संविधान बनाउने कांग्रेस ,एमाले र एमाओवादीका मधेसका सभासद्हरुलाइ जनताले  तहलगाउने दावी समेत गरे।  जनताले अब उनीहरुलाइ देखाउने छन्, धोखा भनेको के हो,’महतोले भने।