बीरगन्ज,चैत ८ गते
पर्साको छिपहरमाई गाउपालिकामा अाज नेकपा एमालेको बैठक सम्पन भएको छ । विकाश निर्माणका काममा जवाफदेहिताका साथ खबरदारी तथा जागरूकता देखाउने बैठकले निर्णय गरेको छ । एमालेको छिपहरमाई गाउपालिका संयोजक हरेन्द्र हजराको अध्यक्षतामा तथा पर्सा ईन्चार्ज एव केन्द्रीय सदस्य रामचन्द्र साहको प्रमुख अातिथ्यमा सम्पन बैठकले बैसाख ८ गते पार्टीको सकृय सदस्यहरूको भेलागरि संगठनलाई सशक्त बनाउने अभियान चलाउने निर्णय भएको छ । छिपहरमाई गाउपालिकाको जयमंगलापुरमा सम्पन बैठकले पार्टी परित्याग गर्ने तथा नवप्रवेशीको शुचि त्यारगरि सकृय सदस्यता रूजु गर्ने निर्णय समेत गरेको पर्साका संयोजक प्रभु हजराले जानकारी दिनु भयो ।