वीरगंज, २२ भदौ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले साढे तीनकिलो चादीको गहनासहित भारेतीय नागरिकलाई पक्राउ गरेको छ । ना. ४ प. २१४८ नम्बरको यात्रुबाहक बस चेकजाचको क्रममा सोे परिमाणको भंसार छलि भित्रयाइएको चादीको गहनासहित भारत बिहार आदापुर निवासी राजेश सोनी पक्राउ परेको जिप्रका मकवानपुरका प्रवक्ता शिशु शर्माले जानकारी दिनु भएको छ । पक्राउ परेको चादीका गहनासहित मानिसलाई आवश्यक कार्यवाहीको लागि राजस्व अनुसंधान विभाग मध्यमांचल इकाई कार्यालय पथलैया बारा पठाइएको प्रवक्ता शर्माले बताउनुभयो ।