वीरगंज, ५ जेठ÷  इलाका प्रहरी कार्यालय, पोखरियामा रहेको चरस तथा गाूजा सोही कार्यालयका  प्रहरीको मिलोमतोमा तस्करहरूलाई बिक्री हुने गरेको खुलासा भएको छ ।  हिजो बिहान ११ः३० बजे सशस्त्र प्रहरीले वीउमनपा २ बस्ने शेख तमन्ना र रौतहट झुनखुनवा गाविस ३ बस्ने अमरेन्द्र यादवलाई पर्साको अमरपट्टि गाविसबाट ५किलो चरससहित पक्राउ गरेपछि इप्रका, पोखरियाको प्रहरीको मिलोमतोमा चरस तस्करी हुने गरेको रहस्य खुलेको हो । पर्साले आज सार्वजनिक गरेको यो घटनामा शेख तमन्ना र अमरेन्द्र यादव ५ किलो चरस र मोटरसाइकलसहित वीउमनपा१३ राधाकुञ्जबाट पक्राउ परेको बताएको छ । पक्राउ परेकाहरूले इप्रका पोखरियामा कार्यरत रौतहट, गरुडा नपा १० घर भएका  प्रहरी जवान लालबाबू सहनीबाट खरिद गरी ल्याएको जनाएका छन् । पक्राउ परेकाहरूको बयानको आधारमा सहनीलाई पक्राउ गरी अनुसन्धान गर्दा सो कार्यमा इप्रका, पोखरियाका सवारी चालक दिपक कार्की समेतको संलग्नता देखिएको जिप्रका पर्साले जनाएको छ । संलग्न सहनी र कार्कीलाई निलम्बन गरी कारबाई शुरु गरेको प्रहरीले जनाएको छ । जिप्रका पर्साले इप्रका पोखरियामा सशस्त्र प्रहरीले बुझाएको ३० किलो चरस वैशाख २९ गते पर्सा जिल्ला अदालतमा म्याद थप र नमुना सड्ढलनको लागि ल्याउने क्रममा अपचलन भएको जनाएको छ । पर्सा प्रहरीले अदालतमा ल्याइएको ३० पोकामध्ये ८ पोका सहनी र कार्कीको मिलोमतोमा चोरी भएको र सोही चोरिएको चरस बिक्री गरिएको उल्लेख छ । प्रहरीले सशस्त्रले ५ किलो चरससहित बुझाएको दुईजनामा एकजना भूतपूर्व प्रहरी अमरेन्द्र यादव रहेको पनि खुल्न आएको छ । यादव र शेख तमन्नाको बयान र अनुसन्धानपछि उनीहरूबीच भएको फोन संवादसमेतको आधारमा प्रहरीले चारजनामाथि कारबाई शुरु गरेको छ । हामीलाई प्राप्त सूचना अनुसार सशस्त्र प्रहरीले वैशाख २४ गते पर्सा जिल्लाको शड्ढरसरैया, सुकीभार ज·लबाट ३० किलो चरस र ७५ किलो गाूजा बेवारिसे अवस्थामा फेला पारी इप्रका पोखरियामा बुझाएको थियो । सोही चरस र गाजा अदालतमा म्याद थप र नमुना सड्ढलनको लागि ल्याउूदा कार्की र सहनीको मिलोमतोमा चोरी गरिएको र बिक्री भएको प्रहरीको दाबी छ । लागू औषध मुद्दामा इप्रका पोखरियाले छुट्टै मुद्दा चलाउन सक्ने अधिकार प्रत्यायोजन भएपछि यो पहिलोपटक चोरीको घटना सार्वजनिक भएको हो । यसो त जिप्रका, पर्साबाट पनि यसअघि भण्डारण गरिएको लागू औषध बिक्री हुने गरेको खुलासा नभएको होइन । सो सम्बन्धमा केन्द्रीय कार्यालयले पनि आन्तरिक छानबिन गरी कारबाई गरेको थियो । अहिले पनि इप्रका पोखरियाबाट चोरी भएको चरसकाण्डमा थुप्रै तथ्यहरू सार्वजनिक हुन सक्ने स्रोतको दाबी छ । स्थानीय सरोकारवालाहरूको रोहबरमा लागूऔषध नष्ट गरिने तथ्याड्ढ सार्वजनिक भए पनि प्रहरीले सोही अवसरको फाइदा उठाई मुचुल्कामा सही गराएर मुचुल्कामा उल्लेख भए अनुसारको लागू औषध नजलाउने गरेको र त्यस्ता लागू औषध तस्करमार्पmत् बिक्री हुने गरेको पोखरियावासीको गुनासो छ । यस घटनामा पनि पाच किलो चरस बरामद भएको छ भने ३ किलो चरस सात हजार किलोको दरले बिक्री भएको छ । प्रहरीले सहनीबाट १८ हजार नगद पनि फेला पारेको र ३ हजार बिक्री गर्ने दलाललाई दिएको प्रहरी स्रोतले  बताएको छ ।