काठमाडौँ, २ भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका विषयमा पीडित पक्षको उजुरी सुन्न शुक्रबारबाट १०७ नम्बरको निःशुल्क (टोलफ्री) टेलिफोन सुविधा उपलब्ध गराउने भएको छ । उजुरीका लागि उपयोग गरिने यो नम्बरका बारेमा सबै सेवाग्राही कार्यालयमा स्टिकर टाँस गरी जानकारी दिइनेछ । आयोगका सचिव राजन खनालले बिहीबार बोर्डको अनावरण गर्नुभयो । उहाँका अनुसार सुरुमा काठमाडौँ उपत्यकामा रहेका मालपोत कार्यालय, उपत्यकाका नगरपालिका कार्यालय, श्रम र यातायात कार्यालयलगायतमा बोर्ड रहनेछन् ।