वीरगंज, ९ पुस÷ नेशनल टे«डिङमा आधा सिलिन्डर ग्यास लिन आज पनि मानिसहरुको लर्को लागेको छ । गत मङ्सिर ७ गते नेपाल ग्यासले नेशनल टे«डिङमार्पmत् आधा सिलिन्डर ग्यास करिब ७ सय वितरण गरेको थियो । हिजो राति नेपाल ग्यासको बुलेट भित्रिएको र आज वितरण हुने हल्लासगै बिहानैदेखि उपभोक्ताहरु खाली सिलिन्डर लिएर लामबद्ध भएका छन् । कुपन नभएकाहरु नेशनल टे«डिङको गेटदेखि उत्तरतर्पm र कुपन भएकाहरु दक्षिणतर्पm लामबद्ध छन् । मङ्सिर ७ गते नेपाल ग्यासको वितरणपछि त्यसको लगत्तै केही दिनपछि मनोज ग्यासले करिब ३५ सय आधा सिलिन्डर ग्यास वितरण गरेको थियो । त्यसपछि ग्यास वितरण हुने आशामा महिनौंसम्म खाली सिलिन्डर लाइनमा लगइएको थियो । करिब १५ दिनसम्म मनोज ग्यासका उपभोक्ताहरुले खाली सिलिन्डर दुवैतर्पm लाइनमा लगाए पनि स्थानीय प्रशासनले नेशनल टे«डिङबाट वितरण गर्दा झन् बढी झमेला देखेर सम्बन्धित उद्योगबाट कुपनमार्पmत् आधा सिलिन्डर ग्यास वितरण गर्ने परिपाटी शुरु गरेको थियो । सो परिपाटी अन्तर्गत जगदम्बा, बारा, नेपाल र मनोज ग्यासले समेत आधा सिलिन्डर ग्यासहरु वितरण गरेकोमा हिजोबाट पुनः नेशनल टे«डिङबाटै नेपाल ग्यासको आधा सिलिन्डर ग्यास वितरण हुने हल्लाले उपभोक्ताहरु लामबद्ध भएका हुन् । अहिले दक्षिणतर्पmको लाइन रेडियो वीरगंज जाने बाटोसम्म पुगेको छ भने उत्तरतर्पmकेो लाइन होटल सम्झनासम्म पुगेको छ ।