वीरगंज, ११ असोज÷ पर्साको रामगढवास्थित पुलबाट लुटिएको ४९ वटा खाली ग्यासको सिलिन्डरमध्ये प्रहरीले ३७ वटा फिर्ता गराएको छ । विन्दवासिनीको स्नेहा टे«डर्सले टयाक्टरमा लोड गरी हिजो राती बाराको प्रसौनीमा स्थित कारखानातर्फ लगिरहेको अवस्थामा स्थानीय युवाहरुले पुलमा टयाकटर रोकाएर ४५ वटा खाली सिलिन्डर लुटेका थिए । वडा प्रहरी कार्यालय श्रीपुरले राति नैै स्थानीय भद्रभलाद्मीसग समन्वय गरी लुटिएको सिलिन्डरमध्ये ३७ वटा सिलिन्डर फिर्ता गराएको र सो सिलिन्डर जिल्ला प्रहरी कार्यालय, पर्सामा राखिएको छ । बाकी रहेको आठवटा सिलिन्डरलाई फिर्ता गराउन प्रहरीले प्रयास गरिरहेको छ । सो भेगका युवाहरुले बन्दको समयमा सामान ओसारपसार गरेको आरोपमा खाली सिलिन्डर लुटेका थिए । यसैगरी विन्दवासिनीबाट रानीघाट तर्फ १४७ बोरा चामल बोकेर आउदै गरेको ना.२ त ४७१७ नं.को टयाक्टर लुटन खोज्ने एक समुहलाई सशस्त्र प्रहरी अलौले तितरवितर पारेर चामल जोगाएका छ । आज विहान केही युवाहरुले सो टयाक्टरमा रहेको चामल लुटपाट गर्न खोज्दा सशस्त्र प्रहरी मौकामा पुगेको थियो । उक्त टयाक्टरबाट चार बोरा चामल लुटीएको र अरु सुरक्षित रहेको सशस्त्र प्रहरीले जनाएको छ ।