वीरगंज, २९ असार ÷ गैसस व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम आजदेखी हेटौडामा शुरु भएको छ । मध्यमान्चल विकास क्षेत्रको १९ जना प्रतिनिधी सहभागी तीनदिने प्रशिक्षक प्रशिक्षण तालिमको आज एक समारोहबीच गैसस केन्द्रिय समितीको संगठन विभाग प्रमुख इन्द्र नेपालले उदघाटन गर्नुभएको थियो । मध्यमाञ्चल क्षेत्रीय समितीका अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा भएको उदघाटन समारोहमा केन्द्रिय सदस्य गणेश दवाडी, क्षेत्रिय समितीको सचिव आरती पाठक, रामकल्याण यादव र प्रशिक्षक हिम्मत सिंह लेकाली, प्रमोद चौधरीले तालिम सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको गैसस महासंघ पर्साका अध्यक्ष अजय कुशवाहाले जानरकारी गराउनु भएको छ ।