बिरगंज जेष्ठ १८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर सुनको गहना तस्करी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धनुषको गणेशमान चारनाथ–४ घर भइ हाल काठमाडौंको तिलगंगा बस्ने ३२ वर्षीय श्याम सुन्दर यादव छन् ।वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका कामदारलाई प्रयोग गरेर सुन भित्र्याएको आरोपमा उनलाई महानगरीय प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको हो । उनको साथबाट सुनका चुराहरु दुई वटा ९१ सय ग्राम० र नगद ३२ हजार ५ सय रुपैयाँ फेला परेको छ ।थप अनुसन्धान र कारबाहीका लागि उनलाई भिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले बताए ।