बीरगंज ८ मंसीर ÷ पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर ३ का बाम गठबन्धनका साझा उम्मेदवार राजकुमार गुप्ताको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । हिजो बिहान आकस्मिक रुपमा छातीमा समस्या उत्पन्न भएपछि यहाँ स्थित तराई अस्पतालमा उपाचारार्थ भर्न गरिएका गुप्तालाई थप स्वास्थ्य परिक्षणको लागि हिजै काठमाण्डौं स्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । हाल उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको र भोली घर फर्कने कुरा पारिबारिक श्रोतले जनाएको छ । गुप्ता अस्वथ्य बने लगत्तै बिपक्षी उम्मेदवाहरुको अनुहारमा हाँसो फोहोरा छुटेपनि उनको स्वास्थ्यमा सु्धार आएको हल्ला चले लगत्तै निरास बनेको छन । यसबारेमा उपचारार्थ गुप्तासँग सम्पर्क गर्दा आफु पूर्ण रुपमा स्वास्थ्य भैसकेको र उच्च मनोबलका साथ क्षेत्रमा स्थानीय नेता तथा कार्यकर्ताहरु लागेकोले अनुपस्थितको खासै अर्थ नहरेको बताउनु भयो । उहाँका अनुसार आफुलाई पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर ३ का जनताको चाहाना, बिचार र समस्या समाधानको जिम्मेवारी प्राप्त भएकोले उनीहरुलाई सुखि, समुन्नत, र शिक्षा, स्वास्थ्य एवँ रोजगारयुक्त नबनाऊञ्जेल केही नहुने बरु बिपक्षीहरुको मनमा ढ्याँग्रो ठोकेको बताउनु भयो । आफ्नो अनुपस्थितिमा पनि उच्च मनोबलका साथ खट्ने कार्यकर्ताहरुको मनोबलको प्रशांसा गर्नुहँुदै निबर्तमान माननीय समेत रहेका गुप्ताले आँधी र तुफान बनेर आफुले क्षेत्र नम्बर ३ को बिकृति र बिसंगती बढार्ने समेत बताउनुभयो ।