वीरगंज, २१ भदौ । पोखरीया नगरपालिका वडा नं. २ बोकहवा चौकमा हिजो प्रहरीले २१ किलो गाँजा सहित एक भारतीयलाई पक्राउ गरेको छ । युपी ५७ ए ३१०४ नम्बरको गाडीको सिट मुनी लुकाई लगिरहेको बेला बिशेष सुराकीको आधारमा दिउँसो १२ः१५ बजे २१ किलो ७५० ग्राम गाँजा सहित पश्चिम चम्पारण सरगटिया निवासी ५३ बर्षिय साहेव गिरीलाई पक्राउ गरेकोे थियो । पक्राउ परेका भारतीय नागरिक र गाँजा पोखरीया प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको पोखरीयाका प्रहरी निरिक्षक चक्रबहादुर साहले जानकारी दिनुभयो ।