वीरगंज, चैत्र ५
पर्साको संखुवा प्रसौनी गाँउपालिकाको नाम र सेवाकेन्द्र सार्ने गाँउपालिका प्रमुखले षडयन्त्र गरेको आरोप लागेको छ । उपप्रमुख फुलमती देवी चौधरी र आन्दोलन परिचालन संर्घष समितीका संयोजक जयराम महतो थारुले आज पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै सो आरोप लगाएका हुन ।ज्ञापन पत्र बुझाउदै संयोजक महतो र उपप्रमुख थारुले सवैको सहमती र सर्वस्युकार्य अवस्था सृजना नभएसम्म सेवा केन्द्र सार्ने र नाम परिर्वतन गर्न उपयुक्त नहुने बताउनुभ भयो । बहसंख्यक स्थानिय बासिन्दा,जन प्रतिनिधी तथा राजनितीक दल समेत गाँउपालिका अध्यक्षको सेवा केन्द्र सार्ने र बिपक्षमा रहेकोले तत्काल सो कदम बन्द गर्न आग्रह गर्नुभएको छ । जनहित बिरोधी कदम नसच्याए झन कडा आन्दोलनमा उत्रने चेतावनी समेत ज्ञापनपत्र मार्फत दिनुभएको छ । सेवा केन्द्र सार्ने बिषयलाई लिएर केहि दिन देखि सो क्षेत्र आन्दोलित रहेको छ ।