वीरगंज, जेठ १६
ले आज नेपाल कम्युनिष्ट पार्टीका युवा नेता रहबर अंसारीलाई ज्ञापन पत्र बुझाएको छ । सामाजिक परिचालक कर्मचारी संघ, पर्साका संयोजक समिर कुमार पटेलको नेतृत्वमा गण्डक हस्पीटलको कार्य कक्ष मै पुगी युवा नेता अंसारीलाई ज्ञापन पत्र बुझाएको हो । स्थानिय तहमा समायोजनको मांग गर्दै सामाजिक परिचालकहरुको एक समुहले नेता अंसारीलाई ज्ञापन पत्र बुझाउदै आफ्नो समस्या बारे अवगत समेत गराएको हो । सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्ड निकट रहेका नेता अंसारीलाई आफ्नो मांग पुरा गराउन पहल गरिदिने उद्देश्यले पर्साका सामाजिक परिचालकहरु ज्ञापन पत्र बुझाएका हुन । विगत ९ बर्ष देखी नेपाल सरकार कै कार्यक्रम अन्तर्गत विभिन्न स्थानिय तहमा काम गर्दै आएका सामाजिक परिचालकहरुले आफुहरुलाई उमरको हदबन्दी नहुने गरी स्थानिय तहहरुमा योग्यता अनुसार समायोजन गर्नु पर्ने मांग गर्दै चैत १२ गते देखि आन्दोलित भएका छन ।