वीरगंज,जेठ  १५।  इन्टरनेट ‘जाइन्ट’ गुगलले नेपालको गणतन्त्र दिवसको अवसरमा आफ्नो होमपेजमा नेपालप्रति सम्मान व्यक्त गरेको छ। गुगल सर्चसँगै देखिने गुगलको अस्थायी लोगो गुगल डुडलमा शुक्रबार पशुपतिनाथ र स्वयम्भु देखिन्छन् जहाँ मैनवत्तीको उज्यालो देखिन्छ।

आज हामी नेपालीहरुको शक्ति र धैर्यताको सम्मान गर्छौँ’, गुगलले लेखेको छ, ‘आजका दिन सन् २००८ मे २८ का दिन एक दशक लामो विद्रोह र आन्दोलनपश्चात नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो। सात वर्षपछि नेपाल शान, शान्ति र अधिकारको अन्तर्राष्ट्रिय प्रतीक बनेको छ।‘