वीरगंज, १९ जेठ÷खाना पकाउने एलपी ग्यासको अभाव हुने संकेत देखा परेको वीरगंज नाकाबाट गएको बिहिबार जेठ १४ गतेदेखी एलपी ग्यास बोकेको बुलेट ट्रकहरु प्रवेश नगरेकोले समस्या आउने ग्यास बिक्रेता महासङ्घका उपाध्यक्ष गणेशमान श्रेष्ठले बताए

उनले एलपी ग्यासको बुलेट लिएर काठमाण्डौ जाने क्रममा सो बुलेट ट्रकबाट ठक्कर लागेर एकजनाको मृत्यु भएको विषयमा भारतीय चालकलाई चितवन जिल्लाको हिरासतमा राख्ने काम भएकोले भारतीय चालकहरु आन्दोलित भएका ग्यास बोकेर नेपाल आउन बन्द गरेको बताए उपाध्यक्ष श्रेष्ठले भारतीय एलपी ग्यासका चालकहरुको आन्दोलनका कारण नेपालमा वीरगंज नाका भएर एलपी ग्यासको बुलेट नभित्रिएको जानकारी दिएका छन

उनले नेपालमा गर्मियाममा मासिक १७ हजार मेट्रिक टन एलपी ग्यासको खपत रहेको जेठ २१ गतेसम्म पनि समस्याको समाधान नभए संकट आउन सक्ने बताए उनले नेपालको लागि वीरगंज नाका भएर दैनिक ४० देखी ६० वटा एलपी ग्यास बोक्ने बुलेटहरु भित्रिने गरेको नेपालमा ग्यासको स्टक राख्ने प्रचलन नरहेको कारण यहि अवस्था विद्यमान रहे संकट आउने बताए उपाध्यक्ष श्रेष्ठले यसबारेमा स्थानिय प्रशासन नेपाल आयल निगमलाई जानकारी गराइसकेको पनि बताएका छन