वीरगंज, मंसिर १०
बाम गठबन्धन पर्सा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताले पार्टीका कार्यकर्ता संग भेटघाट तथा चुनावी छलफल अभियान गर्नुभएको छ । नेता गुप्ताले क्षेत्र नं. ३ अन्र्तगतको पोखरीया, प्रसौनी, निचुटा, देउरीया, पटेर्वा सुगौली, सोनवर्षा, बैरिया बिर्ताप भाठा लगायतका ठाँउमा पुगी नेता कार्यकर्ताहरु संग भेटघाट गर्नुभएको हो ।सो अवसरमा प्रदेश सभा सदस्यका उम्मेदवार नागेन्द्र चौधरी, नेताहरु प्रद्युम्न चौहान,बलिराम साह, पटेर्वा सुगौली गाँउपालिकाका प्रमुख हरीनारयाण चौधरी, युवा नेता यशवन्त यादव,किसोरी कुशवाहा,पुरन यादव, मम्मद निजाम, संजिव चौरसिया लगायतको उपस्थिती रहेको थियो ।