वीरगंज,मंसिर १४
बाम गठबन्धन पर्सा निर्वाचन क्षेत्र नं. २ ले आज वीरगंजको रानीघाटमा पार्टी प्रवेश तथा निर्वाचन परिचालन कार्यालयको उद्घाटन गरेको छ । कार्यक्रममा क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार राजाबाबु मुखिया सहित सयौं नेता कार्यकर्ताहरु माओवाद िकेन्द्रमा प्रवेश गरेका थिए । कार्यक्रममा बाम गठबन्धनका साझा उम्मेदवार महम्द सलिम मंसुर, पोलिटव्युरो सदस्य हरी मण्डल,केन्द्रिय सदस्य बाबुराम कौशिक, जगरनाथपुर गाँउपालिकाको प्रमुख जालिम मियाँ, नेताहरु मनोज चौधरी, उषामान अंसारी,प्रभु पासवान, महिला नेतृ शेख चाँदतारा, युवा नेता प्रभाकर गुप्ता लगायतको उपस्थिती रहेको थियो । यसैबिच पर्साको बस्डिलवामा पनि गठबन्धनले वृहत पार्टी प्रवेश तथा चुनावी सभा गरेको छ । कार्यक्रममा हरी महतो राउतको नेतृत्वमा सयौं नेता कार्यकर्ताहरु बाम गठबन्धनमा प्रवेश गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्यक उम्मेदवार महम्द सलिम मंसुर, प्रदेश सभा सदस्य रामचन्द्र साह, नेताहरु मनोज चौधरी, प्रमानन्द चौधरी, गोकर्ण पाठक लगायतको उपस्तिथी रहेको थियो ।