वीरगंज, १० जेठ÷ क्रिकेटको सट्टाबाजीमा सहित पक्राउ परेका भारतीय नागरिक आत्माराम खेतान र बुल्ला खेतानमाथि पर्सा जिल्ला अदालतले ठगी मुद्दामा ५ दिनको म्याद थप गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साले आज ठगी मुद्दा दायर गरेकोमा अदालतले ५ दिनको म्याद थप गरेको हो । यसअघि सट्टाबाजीमा संलग्न खेतानद्वयलाई केही सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालय, पर्साले गत शुक्रवार २८ हजार धरौटीमा रिहा गरेको थियो ।

यसै घटनामा गत बिहीवार प्रहरीले खेतानद्वयमाथि जुवा ऐनमा मुद्दा दायर गर्दा शुक्रवार अदालतका श्रेस्तेदार विनोद खतिवडाले एकै व्यक्तिमाथि दुई थरिको मुद्दा दायर गर्न नमिल्ने भन्दै दरपिट गरेका थिए ।

  सो विरुद्ध पनि आज जिल्ला न्यायाधीवक्ता भुवनेश्वर पौडेलले दुवै घटना भिन्दाभिन्दै प्रकृतिको भएकोले दरपिट आदेश गैरकानूनी भन्दै इजलासमा दायर गरेको मुद्दामा ३ नं. इजलासका न्यायाधीश सुदर्शनराज पाण्डेले श्रेस्तेदार खतिवडाले गरेको दरपिट आदेश खारेज गरेका छन् ।

श्रेस्तेदारले दरपिट गरेको आदेश खारेज भएपछि आज अदालतमा खेतानद्वयको जुवा ऐनमा बयान लिने काम भएको छ । जुवा ऐनमा अभियुक्तमाथि दुई सयभन्दा बढी जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छैन । त्यसैले यो अभियोगमा उनीहरु सहजै उन्मुक्ति पाउने देखिन्छ ।

तर प्रहरीले आजै सट्टाबाजीमा संलग्न ५ जनाले खेतानद्वयमाथि दिएको ठगी मुद्दा समेत दायर गरेपछि यो मुद्दामा अदालतले ५ दिन हिरासतमा राख्ने आदेश दिएको छ ।

                पर्साका प्रहरी उपरीक्ष्ँक दिवेश लोहनीले अभियुक्त खेतानद्वयविरुद्ध ५ वटा मुद्दा दायर गरिने बताएका छन् । उनले व्यक्ति एकैथरि भए पनि उनीहरुको अपराध भिन्दा भिन्दै भएकोले सोही अनुरुपको मुद्दा दायर गरिएको बताएका छन् । उनले अभियुक्तद्वयमाथि सार्वजनिक अपराध, जुवा ऐन, ठगी, स·ठित अपराध र दूरसञ्चार ऐन अन्तर्गतको मुद्दा चलाइने बताए ।