वीरगंज, १६ साउन । सङ्घीय समाजवादी विद्यार्थी फोरमको नेतृत्वमा अखिल क्रान्तिकारी र अखिलका विद्यार्थी समेतले आज ठाराब क्याम्पसका प्रमुख डा. प्रमोद कुशवाहालाई ९ बुदे मागको ज्ञापन दिंदै ४ दिनको अल्टिमेटम दिएका छन् । विद्यार्थी फोरमका केन्द्रिय सदस्य निखिल वर्णवाल, अखिल क्रान्तिकारीका शिवम साह र अखिलका अजित साहद्वारा हस्ताक्षरित ज्ञापन पत्र क्याम्पस प्रमुख डा. कुशवाहालाई बुझाइएका थिए । ज्ञापनमा स्नातकोत्तर तहमा अनियमित तरिकाले कर्मचारी भर्ना गरिएको, दुई वर्षको आर्थिक प्रतिवेदन सार्वजनिक नभएको, लाइब्रेरि अव्यवस्थित रहेको र दोस्रो उच्च शिक्ष्ाँ परियोजनाको तथ्याड्ढ नबुझाइएको लगायत ९ वटा मागसहित ४ दिनभित्र समस्या समाधान गर्न माग गरिएको छ । ३ वटै विद्यार्थी संंगठनले घोषित मितिमा माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका थिए ।