वीरगंज अषाढ १२

इरानमा मूल्यवृद्धि र मुद्राको अवमुल्यनको विरोधमा विशाल प्रदर्शन भएको छ ।राजधानी तेहेरानमा पसलहरु बन्द गरिएका छन् भने हजारौं मानिस प्रदर्शनमा सहभागि भएका छन् । सन् २०१२ यताको यो सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको बताइएको छ ।संसद् भवन अगाडि बढिरहेका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।आणविक कार्यक्रमलाई लिएर अन्तर्रा्ष्ट्रिय समुदायले लगाएको प्रतिबन्धका कारण इरानको आर्थिक अवस्था नराम्ररी प्रभावित भएको छ ।सन् २०१६ मा अन्तर्रा्ष्ट्रिय समुदायसँग भएको सम्झौतापछि आर्थिक प्रतिबन्ध खुकुलो पारिए पनि गत मे मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौताबाट अलग्गिएको घोषणा गर्दै प्रतिबन्ध कायमै राखेका छन् ।् ।