वीरगंज, २७ असार ÷ पर्सा जिल्ला कौवाबनकटैया गाविस – ८ प्रसौनी टोलका डेढ दर्जन घर परिवार खानेपानीको समस्या भोगी रहेका छन । पंचायतकालमै जाडान गरिएको धारामा गर्मियामको कारण पानीको सतह सुकेकोले टोलाका मानिसहरुलाई पानीको अभाव भएको हो । स्थानिय विनोद यादवले प्रसौनीटोलाका मानिसहरु अहिले आधाकिलो मिटर टाढा पानी लिन जान बाध्य भएको बताउनुभयो । टोलाकै मानिसहरु पानीको अभाव झेली रहेको कारण सो बारेमा धारा जडानका लागि गाविस खानेपानी कार्यालयमा पहल गरेको यादवले बताउनु भएको छ । यसबारेमा गाविस सचिव अनिल मेहतासंग बुझदा वहाले धाराको लागि पहल गरिएको बताउनु भएको छ । वहाले छिटो धारा जडान गर्ने काममा आफनो प्रयास रहेको पनि बताउनुभयो ।