कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनकारी र प्रहरीबीचको झडपमा मृत्यु हुनेको संख्या २० पुगेको छ । नेपाल प्रहरीका एसएसपी लक्षम न्यौपानेसहित ६ नेपाल प्रहरी, ११ सशस्त्र प्रहरी र ३ आन्दोलनकारीको मृत्यु भएको छ । करिव ५० जनाभन्दा बढि घाइते भएका छन् भने मृतको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । तीन दिनदेखि लागेको निषेधाज्ञा तोड्न खोज्दा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।