वीरगंज, १५ जेठ÷ जिल्ला प्रहरी कार्यालय पर्साले कुरियरबाट तस्करी भैरहेको बताएको छ । गण्डक प्रहरीले कोरटियर कुरियरबाट २ बोरामा रजनीगन्धा काठमाण्डौ पठाइरहेको अवस्थामा चेकजाच गरी बरामद गरेको जनाएको छ ।

प्रहरीले २ बोरामा रहेको रजनीगन्धा अन्दाजी ६० हजार बराबरको भएको बताएको छ । रजनीगन्धा पठाउने इन्द्रजीत साहलाई समेत पक्राउ गरिएको जनाउदै प्रहरीले घटना बारेमा अनुसंधान गरिरहेको जनाएको छ ।