बीरगंज, १२ असार÷ कुम्हालटोल सुधार समाजले आफनो तेश्रो साधारण सभा सम्पन्न गरेको छ । मेरीगोल्ड स्कुलमा आयोजित साधारणसभाको वीउमनपाका अधिकृत विजय डंगोलले उदघाटन गर्नुभएको थियो । समाज सुधारको लागि अरुको आशा नगरी आफै अगाडी बढन सुझाव दिनुभयो । वहाले कुम्हालटोललाई बीरगंजमै नमुनाटोलको रुपमा विकसित गर्दै लैजान समाजका पदाधिकारी सदस्यहरुलाई आग्रह गर्नुभयो ।

               समाजका अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षतामा भएको उदघाटनशत्रमा प्रदीप चौरसिया, जयराम बराल, रवि कोइरालालगायतले साधारणसभा सफलताको कामना गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण श्याम किशोर आर्यले गर्नुभएको थियो । यसैबीच आज सम्पन्न साधारणसभाले नन्दलाल राउन अहिरको अध्यक्षतामा १३ सदस्य नया कार्यसमितीको चयन गरेको बताइएको छ ।