बीरगंज, १६ असार ÷ पर्साको पहका मैनपुरमा कारले ठक्कर दिदा एक बालक घाइते भएका छन् । एनसेल कम्पनीको बा २ च ७०५१ नम्बरको कारको ठक्करबाट सुर्जाहाका १२ वर्षिय बालक निरंजन पडित घाइते भएको प्रहरीले बताएको छ । घाइते बालकको ईलाका हेल्थ पोष्ट पकहामा उपचार गरिएको थियो भने चालक र गाडी सशस्त्र प्रहरी बेस पकहाले पक्राउ गरेको बताइएको छ ।