वीरगंज, १४ साउन ÷ भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर लिंकरोड घण्टाघरको आयोजनामा आज कादम्बरी एकेडमीमा निशुल्क आखा शिविर सम्पन्न भएको छ । कक्षा १ र २ मा अध्ययनरत बालबालिकाहरुको चिकित्सक डा. महेश सिंह र डा. आशिक अलिले आखा चेकजाच गरेका थिए । आज आयोजित निशुल्क आखा शिविरमा दुबै कक्षाका २४० जना बालबालिकाहरुको आखा परिक्षण गरिएको सहायक प्रधानाध्यापक राकेश मिश्राले बताउनुभयो ।