वीरगंज, ५ असोज । नेपाली सेनाले काठमाडौं निजगढ द्रुतमार्ग निर्माणको काम तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख उपरथी योगेन्द्रबहादुर खाँडले काठमाडौं निजगढ द्रुतमार्ग निर्माणको काम तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएका हुन् । हिजो व्यवस्थापिका संसद अन्तरगतको विकास समितिको बैठकमा सहभागी उनले समयमै द्रुतमार्ग निर्माण कार्य सम्पन्न हुनेगरी १ वर्ष भित्र डिजाइनको सबै काम पूरा गर्ने लक्ष्य लिइएको जानकारी दिए ।गत बैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकले ४ वर्ष भित्र निर्माण कार्य सम्पन्न हुनेगरी द्रुतमार्ग निर्माणको काम पूरा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । ख