वीरगंज, १६ साउन । एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले स्थापना कालदेखि मधेसी जनताको समस्या समाधान गर्न लागि परेको पार्टी भएको बताउनु भएको छ । एमाले बाराले प्रदेश नं. २ को हिजो कलैयामा सम्पन्न उपमहानगर, नगर र गाउपालिका स्तरीय बैठकमा बोल्दै उपमहासचिव पौडेलले नेपाली काङ्ग्रेस योजनाविहीन पार्टी भनि आरोप लगाउनुभयो । वहाले काङ्ग्रेससग कुनै दृष्टिकोण र योजना नरहेको जनताको हकमा काम गर्न नसकेको दोषारोपण लगाउनु भएकोे थियो । नेता पौडेलले माओवादी पार्टीको समूह पार्टी नभएर समुह मात्र भएकोे र माओवादीको भविष्य नरहेको बताउनु भयो । वहाले एमालेको सरकार भएको तराईको सदरमुकामलाई व्यवस्थित गर्न एमाले सरकारले ५० करोड विनियोजन गरेको तर वर्तमान सरकारले त्यसलाई निरन्तरता नदिएको गुनासो गर्र्दै मधेसी मोर्चाको आन्दोलनले मधेस र देशको आर्थिक विकासमा घातक साबित भएको बताउनुभयोे । एमाले केन्द्रिय कमिटि सचिव गोकर्ण राज विष्टले तराई मधेसको समस्याको निराकरण एमाले पार्टीबाट मात्र हुने दाबी गर्नुभयोे । एमाले बाराका अध्यक्षा सुन्दर विकको अध्यक्षतामा सम्पन्न बैठकमा स्थायी कमिटि सदस्य एवं २ नं. प्रदेशका संयोजक सत्यनारायण मण्डल, पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी, केन्द्रिय सदस्य बलविर चौधरी, सहइन्चार्ज दिनेश राई, केन्द्रिय सल्लाहकार सदस्य अच्युत मैनाली, नेपाल खेलकुद महासङ्घका पुरूषोत्तम पौडेल, कमला चौधरी, सीता गुरूड्ड, विनोद साह, पलट चौधरी, रफिक अन्सारी, किशोर शर्मालगायतले मन्तव्य व्यक्त गरेको प्रचार विभाग प्रमुख मनोज पौडेलले जानकारी गराउनु भएकोे छ ।