वीरगंज अषाढ ५

ढुवानीकर्तासँग तलब भत्ताको माग राख्दै ढुवानी ठप्प पारेका पोखराका ट्यांकर चालकहरु आन्दोलन फिर्ता लिन सहमत भएका छन् ।नेपाल आयल निगम, पोखरा डिपो र ट्यांकर चालकबीच सहमति भएसँगै ट्यांकर चालकहरु आन्दोलन फिर्ता लिएर तेल बोक्न राजी भएका हुन् ।पेट्रोलियम पदार्थ बोक्ने चालकहरुले ढुवानीकर्ताले तलब भत्ता नदिएको भन्दै सोमबारबाट इन्धन ढुवानी ठप्प पारेका थिए । लगत्तै निगमले वार्तामा बसेर समस्याको समाधान खोज्न आग्रह गरेको थियो । उसले अत्यावश्यकीय वस्तुमा हडताल गरे कारबाही गर्ने चेतावनी समेत दिएको थियो ।निगमको चेतावनीपछि दुई पक्षबीच भएको छलफलमा सहमति जुटेपछि ट्यांकर चालकहरु नियमित काममा फर्किएको आयल निगमले इन्धन डिपो पोखराले जनाएको छ ।