वीरगंज, १० फागुन – नेपाली कांग्रेस भित्र निर्वाचनका क्रममा सामुदायिक भडकाव र पैसाको चलखेल हुने बिकृति बढेकोमा कांग्रेसीहरूले नै चिन्ता ब्यक्त गरेका छन । पर्साको क्षेत्र नं १ मा ८ गते सम्पन्न निर्वाचनमा परारिजत भएका क्षेत्रीय सभापतिका उम्मेदवार महम्मद शाहबुदिन सहितका नेताहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताइएको हो ।
उनीहरूले निर्वाचनमा पराजित भएपनि नेपाली कांग्रेसलाई मजबुत बनाउनकालागि बिकृतिका बिरूद्ध लडाई जारी राख्ने बताए । उनीहरूले पार्टीभित्र रहेको गुटबन्दीका कारण चुनावमा पराजय भोग्नु परेपनि आफूहरू गुटबन्दीका बिरूद्ध पनि दृढतापूर्वक उत्रिने बताए ।
उनीहरूले निर्वाचनमा आफू तर्पm रहेका नेता अगुवाहरूको क्याप्टेनशीप राम्रो नभएका कारण पनि निर्वाचनमा पराजय भोग्नु परेको बताए । पत्रकार सम्मेलनमा महम्मद शहाबुदिनले आफूलाई मतदान गर्ने सबै मतदातालाई धन्यवाद ज्ञापन गरे । उनले निर्वाचन आफनालागि सिकाईको माध्यम भएको बताए । कार्यकर्ताको मन जित्न सकिएन त्यसैले भोट थोरै आयो आउने दिनमा कार्यकर्ताको मन जित्ने प्रयासमा रहिरहने प्रतिवद्धता ब्यक्त गरे ।
उनले पार्टीलाई मजवुत बनाउन निर्वाचित नेतृत्वलाई सहयोग गर्ने उनले प्रतिवद्धता ब्यक्त गरे । उनीसंगै अन्य नेताहरूले पनि नेपाली कांग्रेस भित्रको गुटको राजनीतिक समाप्त पार्न नेतृत्वलाई आग्रह गर्दै आफूहरू पनि गुटगत राजनीतिमा सहभागि नहुने बताए । सबैलाई समेटन खोज्दा पनि परिणाम अनपेक्षीत आयो नेता श्याम पोख्रेलले भने । कार्यक्रममा रूपा रूपा श्रेष्ठ,किरण डंगोल,दिना गुप्ता,मनोहर साह र सन्तोष सिंहको सहभागिता रहेको थियो ।