रौतहट, १२ फागुन । नेपाली काँग्रेसको १३ आँैं महाधिवेशन अन्तर्गत नेपाली काँग्रेस जिल्ला कार्यसमिति रौतहटको अधिवेशनबाट सभापति पदमा पुनः कृष्णप्रसाद यादव निर्वाचित हुनुभएको छ । आज बिहान सकिएको मतपरिणाम अनुसार यादवले ४९४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्धन्दी मोहमद महताव आलमले ४८९ मत प्राप्त गर्नुभएको छ ।

पुनः निर्वाचित सभापति यादव देउवा पक्षधर मानिनु हुन्छ । यसैगरी, सचिवमा हृदयनारायण यादव र कोषाध्यक्षमा रामश्रेष्ठ प्रसाद यादव निर्वाचित हुनुभएको छ । आलम प्यानलबाट सचिवमा हृदयनारायण यादव ५२८ मत तथा कोषाध्यक्षमा रामश्रेष्ठप्रसाद साह ४९५ मतले विजयी हुनुभएको छ भने यादवको प्यानलबाट सचिव नेक महमद र कोषाध्यक्षका उम्मेदवार धर्मेन्द्र साह पराजित भएका छन् । सचिव तथा कोषाध्यक्षमा संस्थापन पक्षबाट निर्वाचित भएका छन् । सचिव पदका नेक महम्मदले ४५१ र कोषाध्यक्ष पदका उम्मेदवार साहले ४७९ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृत देवेन्द्र झाले बताउनुभयो ।