वीरगंज, १५ जेठ÷ पर्साको लिपनीवीर्तामा रहेको मैदा मिलमा रहेको रुखमा दतिवनका लागि रुखमा चढेका एक बालक करेन्ट लागेर घाइते भएका छन । घर नजिक रहेको मैदा मिलको रुखमा चढेर दतिवन तोडन खोज्दा रुखमा रहेको विद्युतको तार समातिएर करेन्ट लागेको हो । उपचारका लागि नाउक्षे अस्पताल वीरगंजमा ल्याइएको १२ बर्षिय बालक सरफेज हुसैनको दाहिने खुट्टामा असर परेको चिकित्सकले बताए । चिकित्सकले दाहिने खुट्टाको केही भाग नचलेकोे बताएका छन ।