वीरगंज, १ जेठ – श्री राधेकृष्ण मेहदी टेनिङ सेन्टरको आयोजनामा शुत्रबार बाराको प्रष्टोका बोर्डिङ स्कूलमा कपाल काट्ने तथा सरसफाइबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।  

पत्रकार राजु श्रेष्ठले एक कार्यक्रमबीच प्रष्टोका बोर्डिङ स्कूलका छात्राहरुको कपाल काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा उनले छात्राहरुलाई सरसफाइ तथा व्यक्तिगत स्वास्थ्यको बारेमा ध्यान दिन सुझाव दिए ।

पत्रकार श्रेष्ठले सरसफाइ र व्यक्तिगत आचरणमा परिवर्तन भएको खण्डमा सहर रगाउूमा फरक नहुने बताए ।

 मेहदी टेनिङ सेन्टर बाराकी सञ्चालिका श्वेता गुप्ताले गाउूले बालबालिकाहरुमा स्वास्थ्य जनचेतना पैmलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताइन् ।

उनले बालबालिकाहरुमार्पmत् गाउूका महिलाहरुले पनि सरसफाइ र स्वास्थ्यप्रति संवेदनशील हुने विश्वास व्यक्त गरिन् । कार्यक्रममा ब्यूटिसियन प्रमुख रुतु लामिछानेलगायत १० जनाको टोलीले ५० जना विद्यार्थीहरुको कपाल काटेका थिए ।

कार्यक्रममा दिलीप कार्की, विद्यालयका प्रधानाध्यापक श्रीलाल साह र सन्देश साहले मन्तव्य व्यक्त गरेका थिए ।