वीरगंज २० साउन । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा लिइएको कक्षा १२ को बिज्ञान संकायको परीक्षाफल आज प्रकाशन गरेको छ । परीक्षा बोर्डले अन्य संकायको नतिजा पनि भदौ १५ गतेभित्रै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । परीक्षामा सहभागीमध्ये ७९.४४ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका छन् । गत बैशाखमा सञ्चालन भएको परीक्षामा सहभागी ४४ हजार ८९७ बिद्यार्थीमबध्ये ३५ हजार ६६८ परीक्षार्थी उत्तिर्ण भएका छन् । आंशिकतर्फ सहभागी ९ हजार ४८९मध्ये ४ हजार १३७ बिद्यार्थी पास भएका छन् । आंशिकतर्फ ४३.५९ बिद्यार्थी उत्तिर्ण भएका छन् ।