वीरगंज २० वैशाख ।आजबाट बारा पर्सा रौतहट लगायत आज देशभर एकै साथ कक्षा १२ को परीक्षा सुरु भएको छ । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले देशभर कुल ९२१ परीक्षा केन्द्रमार्फत बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन गरेको हो । वैशाख ३१ गतेसम्म सञ्चालन हुने परीक्षामा कुल ८२ वटा विषयको परीक्षा हुनेछ । परीक्षामा तीन लाख ४६ हजार ४२७ जना परीक्षार्थी सहभागी हुने परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । परीक्षामा अमर्या्दित काम गर्ने व्यक्तिलाई छ महिना कैद र रु एक लाखसम्मको जरिवानाको व्यवस्था गरिएको छ भने परीक्षा मर्यादाविपरीत सामूहिक रुपमा मास चिटिङअर्थात् सामूहिक चोरी भएको पाइएमा त्यस्तो परीक्षा केन्द्र नै खारेज गर्ने व्यवस्था गरिएको छ ।