वीरगंज, जेठ २४ गते ÷ एशियन लाइफ इन्स्योरेन्सको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । होटल भीस्वा आयोजित साधारण सभाको कम्पनीका अध्यक्ष विजय सरावगिले उदघाटन गरेका थिए । उदघाटन समारोहमा बोल्दै कार्यक्रमका कार्यकारी अधिकृत तथा कम्पनीका सचिव राजेश श्रेष्ठले शेयरधनिहरुलाई २८.५० प्रतिशत लाभांस वितरण गर्ने बताए । साधारणसभा देशमा आएको भुकम्प पिडितहरुलाई कम्पनीले सहयोग गर्दै आएको बताइएको थियो ।

आर्थिक वर्ष २०७०/७१को खुद मुनाफाबाट १४ करोड ८५ लाख ६९ हजार ६ सय १७ रुपैयाँ बराबरको रकम लाभांसको रुपमा बोनश सेयरमा वितरणपछि कम्पनीको चुक्ता पुँजी विमा समितिले तोकेका भन्दा १७ करोड रुपैयाँ बढी हुनेछ । जीवन वीमाको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नुपर्ने प्रावधान रहेको छ ।
कम्पनीका अनुसार भूकम्पबाट ५५ जना विमितहरुको तर्फबाट ५५ लाख ८० हजार रकमको मौखिक रुपमा दावी परेको छ । कम्पनीले १८ जना विमितको कुल दावी रकम ३६ लाख ६० हजार एक घन्टा भित्रै हस्तान्तरण गरिएको जनाएको छ । कम्पनीले  चैत्र मसान्तसम्म कम्पनीको जीवन बीमा कोष तर्फ ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने लगानी  ५ अर्ब ७८ करोड रुपैयाँ रहेको जनाएको छ ।