वीरगंज,कार्तिक २३

नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं.३ को आयोजनामा आज पोखरीया नगरपालिकाम अगुवा कार्यकर्ता भेला तथा चुनाव प्रचार प्रसार समिती गठन गरिएको छ । प्रदेश सभा सदस्य एवं पोलिटव्युरो सदस्य नागेन्द्र चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताले प्रजातन्त्र आए देखि सवभन्दा बढी शासन नेपाली काँग्रेसले गरेको भएपनि सम्झने लायक कुनै पनि बिकासको काम नगरेको बताउनुभयो । नेता गुप्ताले एमाले नै सच्चा मधेस प्रेमी पार्टी भएको बताउनुभयो । उहाँले तराईको २० जिल्लामा जनता अवास कार्यक्रम मार्फत २० हजार घर निर्माण देखि वृद्धा भता वृद्धि लगायत ,सिमा बिकास कार्यक्रम लगायत सवै योजना बामपन्थी सरकारले गरेको चर्चा गर्नुभएको थियो । उहाँले डेढ बर्ष पहिला उद्घाटन भएको तिलावे पुल अझ नबन्नु ठेकेदारको लापरहवी भएको र त्यही ठेकेदार जनताको माझ मत माग्न आएको भन्दै त्यस्ता ठेकेदारलाई तह लगाउन जनतालाई आग्रह गर्नु भयो । उहाँले ठेकेदार उम्मेदवारबाट देशको बिकास नहुने ठोकुवा गर्नुभयो । सो अवसरमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नागेन्द्र चौधरी,छोटेलाल यादव, पर्सा जिल्ला संयोजक प्रभु हजरा ,युवा नेता यशवन्त यादव, संजिव मिश्रा, महम्द निजाम , किसोरी कुशवाहा, योगानन्द चौहान, प्रदुमन चौहान, शिव शंकर यादव, प्रमोद कुशवाहा, लक्ष्मण चौरसिया, मोहन यादव, बलिराम साह लगायतको उपस्थिती रहेको थियो ।

यसैबिच भेलाले क्षेत्र नं. ३ मा चुनाव प्रचार प्रसार समिती गठन गरेको छ । पोखरीयामा अयोजित भेलाले प्रद्युम्म चौहान को संयोजकतत्व क्षेत्रिय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । समितीको सहसंयोजक माओवादी केन्द्र रामबाबु बैठा लगायत नेताहरु रहेका छन । त्यसैगरी पकाहा मैनपुर गाँउपालिकामा संजय चौहानको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । त्यसैगरीबिन्दवासनी गाँउपलिकामा लक्ष्मण चौरसियाको संयोजकत्वमा निर्वाचन परिचालन समिती गठन गरिएको छ भने बहुदरा माई नगरपालिकामा प्रमोद कुशवाहाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । समितीको सह संयोजक शिव शंकर यादव रहेका छन । त्यसैगरी पोखरीया नगरपालिकमा दिनेश चौहान संयोजकमा प्रचार प्रसार समिती गठन गरिएको छ । समितीको सह संयोजक कौशल किशोर साह लगायतका नेताहरु रहेका छन ।