वीरगञ्ज, ३० मंसिर ।नेकपा एमाले पर्साले आफनो पार्टी कार्यालय व्यवस्थापन तथा संगठन परिचालन अभियान शुरु गरेको छ । अभियान अन्तर्गत विहिवार वीरगञ्जको मनमोहन नगर रामगढवा स्थित एमाले पार्टी कार्यालयमा चियापान तथा सरसफाई कार्यक्रम सम्पन्न भएको हो । एमालेका अगुवा नेता कार्यकर्ताहरुले पार्टी कार्यालय परिसर भित्र रहेको मनमोहनपार्क, कार्यालय भवन तथा कार्यालय अगाडीको सडक सर सफाई गरेका छन् । कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य एवं सांसद नागेन्द्र चौधरीले एमालेलाई जन–जनसम्म पु¥याउन संगठन परिचालनका साथै पार्टीको कार्यालयलाई आधुनिक सुविधा सम्पन्न तथा सञ्चार प्रविधियुक्त बनाउने बताउनु भयो । सो अवसरमा उहा“ले नगर क्षेत्रका नेता कार्यकतालाई नियमित कार्यालयमा उपस्थित हुन निर्देशनपनि दिनुभयो । दुई÷चार जना व्यक्तिले फोटो खिचाएर समाजिक संजालमा समप्रेषण गर्दैमा एमालेलाई प्रभाव नपर्ने बताउनु भयो । दुई÷चारजना व्यक्तिको समुहले एमालेको कार्यक्रम र गतिविधी रोक्ने बताउ“दैमा एमालेको गतिमा कुनै असर नपर्ने उहा“ले प्रस्ट पार्नु भयो । कार्यक्रममा पर्सा क्षेत्र न. २ का सांसद बिचारी यादव, एमाले नेता बालगोपाल थापा, प्रभु हजरा, किशोरी कुशवाहा, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा लगायतको उपस्थिती रहेको थियो ।