काठमाडौं, २७ असोज  – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ योजना ल्याएको छ । एनसेलले पैसा ब्याक नामक नयाँ योजना ल्याएको हो ।

यो योजना अन्तर्गत एनसेलका प्रिपेड मोबाइ प्रयोगकर्ताले प्रत्येक दिन निश्चि रकम बराबरको मुख्य ब्यालेन्स प्रयोग गर्दा त्यती नै रकम बराबरको बोनस ब्यालेन्स पाउने एनसेलले जनाएको छ ।

दसैँ, तिहार जस्ता चाडपर्वलाई लक्षित गरी ग्राहकको सुविधाका लागि यो योजना ल्याइएको एनसेलले जनाएको छ । यो योजना बुधबारदेखि लागु भएको छ । यसका लागि प्रिपेड मोबाइल प्रयोगकर्ताले १७१२४ मा डायल गर्नु पर्नेछ ।

यो नम्बरमा डायल गरेपछि निःशुल्क रुपमा योजना सहभागी हुने पाउने एनसेलले जनाएको छ । योजनामा सहभागी भएपछि एनसेलका तर्फबाट बोनस पाउन आफूले प्रयोग गर्नु पर्ने रकमको जानकारी आउने र त्यो रकम प्रयोग गरेमा त्यती नै रकम बोनस पाउने एनसेलले जनाएको छ ।

यसरी प्राप्त बोनसलाई एनसेल नेटर्वक भित्र कल गर्न, एसएमएस, एमएमएस पठाउन तथा इन्टरनेट चलाउन प्रयोग सकिनेछ । बोनस एक दिनमा एक पटक प्राप्त हुने  र प्राप्त बोनस त्यही दिन मध्यरातसम्म मान्यहुने एनसेलले जनाएको छ ।