वीरगंज, २८ असार÷ भुकम्पमा परी ज्यान गुमाएका तथा घाइते भएकाहरुको सहयोगको लागि सामाजिक संस्था जिल्ला समन्वय समिती पर्साले आज प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई ५१ हजारको चेक हस्तान्तरण गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सो चेक हस्तान्तरण गरिएको समितीका अध्यक्ष रामनरेस यादवले बताउनुभयो । वहाले प्रजिअ घिमिेरको कार्यकक्षमा गएर ५१ हजारको चेक हस्तान्तरण गर्दै सो रकम सस्थाका कर्मचारी र सदस्यहरुबाट संकलन गरिएको जानकारी दिनुभएको थियो । सो क्रममा उपाध्यक्ष ईब्रराहिम देवान,महासचिव रामप्रवेश साह, कार्य समिती सदस्य लोकनारायण यादव, लेखा प्रमुख हरेन्द्र प्रसाद, लगायतको सहभागितो थियो ।