काठमाडौं,२९ वैशाख । महानगरीय प्रहरी अपराध महाशाखाले राजधानीका विभिन्न स्थानबाट करोडौं रकमसहित अवैध हुन्डी कारोबारमा संलग्नहरुलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट एक करोड ७४ लाख रुपैयाँसहित अवैध हुन्डी कारोबारमा संलग्नलाई पक्राउ गरेको हो । महाशाखाका एसपी सहकुल थापाका अनुसार यति ठूलो रकमसहित हुन्डी कारोबारी पक्राउ परेको यो पहिलो घटना हो । राजधानीको खिचापोखरी र पशुपति प्लाजामा छापा मार्दा सुरेन्द्र गोयल लगायत एक दर्जन हुन्डी कारोबारीहरु एक करोड ७४ लाख ९९ रुपैयाँसहित पक्राउ परेका हुन् । पक्राउ गरेकाहरुलाई महाशाखाको हिरासतमा राखेर अनुसन्धान थालिएको छ । पक्राउ परेकाहरु अन्यको भने नाम महाशाखाले खुलाएको छैन ।