पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर ४ मा एमाले र माओवादी संयुक्त गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहनु भएकी उर्मिला अर्याल बिरुद्ध बिरोधका आवजहरु बिस्तारै छताछुल्ल हुन थालेका छन । एमालेका उम्मेदवार जयप्रकाश थारुले गत निर्बाचनमा बिजयी हाँसिल गरेको उक्त निर्बाचन क्षेत्रमा थारु समेत अर्यालको ब्यबहारको कारण आक्रोशित हुन थालेपछि उनी बिस्तारै एक्लिन थालेकी हुन । माओवादी केन्द्रले सथानीय तहको निर्बाचनमा ३ वटा गाऊँ पालिका जितेको भएपनि त्यहाँको जनमत उनको बिरुद्धमा हुनु त्यसलाई साम्य गर्न भन्दा पनि घमण्डी प्रबृत्ति देखाउन थालेपछि अर्याल बिरुद्ध आक्रोश पैदा हुन थालेको हो । उता प्रदेश सभाका उम्मेदवारहरुसँग कुनैपनि रुपमा समन्वय नहुनु र माओवादी केन्द्र समर्थित काफ्लेलाई जयप्रकाश थारुको सिटमा उठाएपछि उनको बिरोधमा एमालेका नेता कार्यकर्ताहरु समेत रुष्ट बनेको छन र यस्ता सम्भाबित खतरालाई अबिलम्ब सम्बोधन गर्न नसकेको खण्डमा आउँदो निर्बाचनको परिणाम बाम गठबन्धनको बिरोधमा पनि जान सक्ने र फाईदा नेपाली काँग्रेसलाई हुनसक्ने आँकलन समेत गर्न थालिएको छ ।