वीरगंज अषाढ १७

पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो ।बस पल्टिँदा चितवनको राप्ति नगरपालिका–५ वर्ष १४ वर्ष का सुनिल मिजार रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । ।