वीरगंज,२८ बैशाख  । आईसीपी मुआव्जा पिडित किसान संर्घष समिती अलौं श्रीसियाले क्षतिपुर्ती मांग गर्दै पर्साका सहायक प्रजिअ अनुज भण्डारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । समितीका अध्यक्ष सुमेश्वरनाथ उपाध्याय एवं वरिष्ठ सल्लाहकार प्रेमबाबु पटेलको नेतृत्वमा भारत नेपाल संयुक्त भन्सार जाँच चौकी अलौं (आइसीपी) बाट आएको जुलुसले वीरगंज नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पर्सामा गई ज्ञापन बुझाएका थिए । ज्ञापन पत्रमा २०६४ सालमा अलौं र श्रीसियाका ३९४ किसान परिवारको ११० बिगहा जग्गा आईसीपीले अतिग्रहण गरेको तर हाल सम्म उचित मुआब्जा नदिएको पिडित किसानहरुले गुनासो गरेका छन् । संर्घष समिती र नेपाल सरकार संग बेला बेलामा छलफल हुने तर उचित मुआब्जा कहिल्य पाएनन् । सहायक प्रजिअ भण्डारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउदै संर्घष समितीले आउँदो १० दिन भित्र माँग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए । समितीले बिरोध स्वरुप आईसीपीलाई घेराउ,धर्ना , निर्माण कार्य रोका, नारा जुलुस एवं अन्य बिरोधका कार्यक्रम शान्तिपुर्ण तरिकाले संचालन गर्ने समितीका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले संचारकर्मीहरुलाई जानकारी गराएका थिए । समितीले प्रजिअ मार्फत बोर्धाथ स्वरुप प्रधानमन्त्री कार्यालय,गृहमन्त्रालय, अर्थ मन्त्रालय, भौतिक योजना तथा निर्माण मन्त्रालय,शहरी बिकास मन्त्रालय लाई ज्ञापन पत्र बुझाएको समितीका सल्लाहकार प्रेमबाबु पटेलले बताए । ज्ञापन पत्र बुझाउने टोलीमा संर्घष समितीका अध्यक्ष उपाध्याय, सचिव अधिवक्ता संतोष श्रीवास्तव,सहसचिव जगदिश साह,कोषाध्यक्ष अम्बिका कुर्मी,सदस्यहरु राजेश पटेल,अकिलेश श्रीवास्तव,हरीचन्द्र साह, अच्छेलाल सहनी,सुरेन्द्र प्रसाद,नन्दु साह लगायत समितीका अन्य सदस्य संगै पिडित किसानहरुको समेत सहभागिता रहेको थियो । ज्ञापन पत्र बुझदै सहायक प्रजिअ भण्डारीले आफु सो बिषयमा गम्भिर रहेको र सम्बिन्धत मन्त्रालयलाई आज नै पठाउने प्रतिवद्धता जनाउदै स्थानिय स्तरका कार्यालयहरु संग समेत समन्वय गर्ने बताएका थिए ।