वीरगंज, २६ फागुन ।आपसी सौहार्दताको उद्देश्यले अभिप्रेरित भई लायन्स क्लवले वीरगंजमा क्रिकेट टूर्नामेंट प्रतियोगिताको आयोजना गर्यो ।
वीरगंजस्थित आदर्शनगर रंगशालामा लायन्स क्लव अफ वीरगंज राइजिंगको आयोजनामा आयोजना गरिएको सो टूर्नामेंटमा लायन्स क्लव अफ वीरगंज सिल्वर स्प्रिंग, वाकिंग टीम, गेटवे, मिलिनीयम, अदर्शनगर, राइजिंग, यूथ र नर्थसहित गरि ८ वटा क्लवको सहभागिताका रहेको लायन्स क्लवका एम्बेसडर अफ गभर्नर उमेश साह कानुले जानकारी दिनु भयो ।
वीरगंज महानगरका प्रमुख विजय सरावगीले बलिंग र पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बैटिंग गरि उद्घाटन गर्नु भएको सो खेलमा लायन्स क्लव अफ वीरगंज यूथ विजय हो ।
उपविजेता लायन्स क्लव अफ वीरगंज सिल्वर स्प्रिंगले दिएको २१ रनको लक्ष्यलाई क्लव युथले २ ओभर मैं पुरा गरेको थियो ।
सो टूर्नामेन्टका उत्कृष्ट खेलाड़ी, म्यान अफ दी मैच, मैन अफ द सीरिज, उत्कृष्ट बलर,  उत्कृष्ट बैट्समैन, उत्कृष्ट फील्डर लगायतलाई विशिष्ट अतिथि प्रजिअ विनोद सिंह र महानगर वीरगंजका प्रमुख  विजय सरावगीले शील्ड लगायतका उपहार प्रदान गरेका थिए ।
लायन्स क्लव अफ वीरगंज राइजिंगका अध्यक्ष रोहित टेमानीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पास्ट मल्टीपल काउंसिल चेयर पर्सन लायन रमेश अग्रवाल, सिनियर लायन राधेश्याम खेतान, देवकीनन्दन अग्रवाल, लायन्स सदस्यहरू, दर्शकहरू लगायतको भव्य सहभागिता रहेको थियो ।